+
+
Shares

‘फिल्म फेयर’ अवार्डमा ‘गल्ली व्वाई’को वर्चस्व

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १४:२३

बलिउडका लागि सबैभन्दा प्रतिष्ठित मानिने ‘फिल्म फेयर अवार्ड’को ६५ औं श्रृङ्खला आयोजना गरिएको छ । भारतको आसाममा आयोजित यो अवार्डमा चलचित्र ‘गल्ली व्वाई’ले नयाँ रेकर्ड बनाएको छ । एउटै चलचित्रले १३ विधामा अवार्ड जितेर रेकर्ड बनाएको हो ।

यो चलचित्रबाट उत्कृष्ट नायकतर्फ रणवीर सिंहले अवार्ड हात परे भने यसै चलचित्रबाट आलिया भट्टले उत्कृष्ट नायिकाको अवार्ड चुमेकी छिन् ।

उत्कृष्ट चलचित्र ठहरिएको ‘गल्ली व्वाई’बाट नै निर्देशक जोया अख्तरले पनि अवार्ड जितेकी छिन् । यसै चलचित्रबाट सह–अभिनेतामा सिद्धार्थ चर्तुवेदी र उत्कृष्ट सह–अभिनेत्रीमा अम्रुता सुभाषले अवार्ड हात परे । उत्कृष्ट पटकथा पनि यही चलचित्रबाट रीमा कग्ती र जोया अख्तारको पोल्टामा पर्यो । विजय मौर्याले यही चलचित्रमा संवाद लेखेर अवार्ड हात पारे ।

उत्कृष्ट म्युजिक एल्बम, उत्कृष्ट गीत, उत्कृष्ट पाश्र्व संगीत, उत्कृष्ट छायांकन, उत्कृष्ट प्रोडक्सन डिजाइन विधामा पनि यही चलचित्र उत्कृष्ट ठहरियो । बलिउडका नाम चलेका कलाकारको उपस्थिती रहेको यो समारोहमा विभिन्न विधामा विजेताहरुको नाम यहाँ प्रस्तुत गरिएको छः

उत्कृष्ट चलचित्र (क्रिटिक्स)ः सोनचीरिया र आर्टिकल १५

उत्कृष्ट अभिनेता (क्रिटिक्स): आयुष्मान खुराना (आर्टिकल १५)

उत्कृष्ट अभिनेत्री (क्रिटिक्स): तापसी पन्नु र भूमी पेडेकर (साँड कि आँख)

उत्कृष्ट ओरिजिनल कथाः आर्टिकल १५

उत्कृष्ट डेब्यु निर्देशकः आदित्य धार (उरी)

उत्कृष्ट डेब्यु नायकः अभिमन्यु दस्सानी(मर्दको दर्द नही होता)

उत्कृष्ट डेब्यु नायिकाः अनन्या पाण्डे(स्टुडेन्ट अफ दि इय २)

उत्कृष्ट पाश्र्व गायकः अर्जित सिंह– कंलक नही (कंलक)

उत्कृष्ट पाश्र्व गायिकाः शिल्पा राव– घुङ्गुरु(वार)

उत्कृष्ट द्वन्द्वः वार

उत्कृष्ट ड्रेसः सोनचीरिया

उत्कृष्ट सम्पादनः उरी

उत्कृष्ट साउन्ड डिजाइनः उरी

उत्कृष्ट भिएफएक्सः वार

लाइफ टाइम एचिभमेन्ट अवार्डः रमेश सिप्पी

एक्सिलेन्स अन सिनेमाः गोविन्दा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?