+
+

खाडा बस्तीमा आगलागीबाट जलेका घर पुनर्निर्माण सकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १५:५९
आगलागी भएको बस्ती /फाइल तस्वीर

४ फागुन, मान्म (कालीकोट) । गत वर्षको पुस ८ गते राति भएको आगलागीबाट जलेको खाडा बस्तीका २६ घरको पुनर्निर्माण सम्पन्न भएको छ । प्रदेश सरकार र विभिन्न स्थानीय तहको सहयोगमा २६ घर पुनर्निर्माण गर्ने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए ।

आगलागीले खरानी भएको खाडामा भूकम्प प्रतिरोधी घर बनेपछि खाडाका स्थानीय खुसी भएका छन् । आगलागीले खरानी भएको खाडा बस्तीको स्वरुप नै बदलिएको छ ।

आफूहरुले छिमेकीको घरमा आश्रय लिएर एक वर्ष बिताएपछि अव नमूना घरमा बस्न पाउने भएकाले निकै खुसी लागेको स्थानीयवासी विष्णुऋषी न्यौपानेले बताए ।

गाउँपालिका अध्यक्ष बमले प्रदेश सरकारको सहयोगमा बनेका २६ वटा नमूना घर निर्माण सम्पन्न भएर जनयुद्ध दिवसका अवसर पारेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

उनले खाडामा जलेका ३२ घरमध्ये छ जनाको परिवार तराइतिर बसाइँ सरेर गएकाले २६ वटा परिवारको लागि मात्र घर निर्माण गरिएको उनको भनाइ छ ।

खाडामा नमूना बस्ती निर्माणका लागि गाँउपालिकाको निर्माण कार्यदलमा आवद्ध १०० जना युवा र अन्य क्षेत्रबाट ३० जना मिस्त्री लगाएर बस्ती पुनःनिर्माणको काम पूरा गरेको अध्यक्ष बमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?