+
+
Shares

सीजी टेलिकमको जवाफ : विश्व बैंकको अनुदान उपहार होइन 

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १७:१५
फाइल फोट१

४ फागुन, काठमाडौं । सीजी कम्युनिकेसन्सले १ करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको बारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सीजी टेलिकाले विगतमा सरकारबाट लिएको अनुदान रकम दरुपयोग गरेको आरेाप लगाउँदै छानविन गर्ने बताएका थिए ।

सीजीले यो रकम तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दूर सञ्चार सेवा पुर्‍याउनका लागि विश्व बैंकबाट पुँजीगत अनुदान प्राप्त गरेको बताएको छ । सीजी टेलिकमले सन् २०१३ मा मात्र एसटीएम खरिद गरेको हो ।

‘हाम्रो अध्ययनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बैंकको ऋण सहयोगमा सञ्चालित दूरसञ्चार क्षेत्र सुधार परियोजनाअन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन आह्वान गरेको बोलपत्रमा तत्कालीन एसटीएम छानिएको हो,’  कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ,’ विश्व बैंकले विशिष्ट प्रणालीको अधीनमा रही सहयोग प्रदान गर्दछ । त्यसको नियमन र सुपरीवेक्षणमा पनि निश्चित मापदण्ड तय गरेको हुन्छ । यो अनुदान उपहार दिइएको होइन ।’

सीजीले शर्तअनुसार कार्यप्रगती र मापदण्डहरू पुरा भएपछि पाँच किस्तामा उक्त रकम निकासा गरेको देखिएको बताएको छ ।

‘एसटीमले तोकिएको समय र क्षेत्रमा १,४०० पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले सन् २००७ अपि्रल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो,’ चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्राधिकरणले एसटीएमलाइ दिएको पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?