Comments Add Comment

रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियलले सेल्टाभिगोसँग २–२ को बराबरी खेल्दा दोस्रो स्थानको बार्सिलोनालाई भने फाइदा पुगेको छ । रियलसामु ३ अंकको अग्रता लिने अवसर थियो । तर बराबरीपछि रियल र बार्सिलोनाबीच १ अंकको मात्र अन्तर छ । २४ खेलबाट रियलको ५३ र बार्सिलोनाको ५२ अंक छ ।

घरेलु मैदान सान्टियागो वरनावेउमा रियललले २–१ ले अग्रता बनाए पनि खेल सकिन ५ मिनेट बाँकी छँदा सेल्टाका लरेन्जोले गोल गर्दै खेल बराबरी गरे ।

त्यसअघि खेलको पाँचौं मिनेटमै सेल्टा भिगोले अग्रता लिए पनि रियलले दुई गोल फर्काएको थियो । पाँचौं मिनेटमा स्मोलोभले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा पछि परे पनि ५२ औं मिनेटमा टोनी क्रुसले रियलका लागि बराबरी गोल फर्काए । कप्तान सर्गियो रामोसले ६६ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि रियलले अग्रता लिएको थियो तर जोगाउन सकेन ।

बराबरीपछि सेल्टा भने २१ अंक जोड्दै १७ औं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment