Comments Add Comment

फिटनेसको सनक पनि खतरनाक

इन्स्टाग्रँममा त्यस्ता थुप्रै व्यक्तिहरु छन्, जोसंग लाखौं व्यक्तिहरु प्रभावित छन् । ती मानिसहरु हरेक दिन नयाँ हेल्थ टिप्स दिइरहन्छन् र मानिसहरुलाई कसरत गर्न सिकाउँछन् ।

उनीहरु जस्तै बन्न तथा देखिनका लागि थुप्रै व्यक्तिहरु पसिना बगाउँछन् र सोसल मिडियामा आफ्ना तस्बिर शेयर गर्छन् ।

ह्यासट्याग #fitspiration अंग्रेजीका दुई शब्दहरु  fitness / inspiration  मिलेर बनेको हो ।

इन्स्टाग्रामका प्रभावशाली व्यक्तिहरु तथा उनका लाखौं फलोअर्सहरुले उक्त हृयासट्यागलाई एक करोड ८० लाख पटक प्रयोग गरिसकेका छन् ।

फिट रहनका लागि शारीरिक कसरत तथा सन्तुलित भोजन दुबै नै महत्वपूर्ण हुन्छन्, तर फिटनेसको सनकमा मानिसहरु आफैंलाई भोकै राख्छन् र निकै गहिलो समस्यामा पर्न सक्छन् ।

सुडौल मांशपेशीहरु तथा ऐब्सका लागि कम क्यालोरीयुक्त खानालाई अझ बढि वर्जित गर्नु पनि सनकको एउटा बिरामी हो ।

उक्त बिरामीलाई अर्थोरेक्सिया नर्वोसा भनिन्छ । इन्स्टाग्राममा #fitspiration  को जोशले भरिपूर्ण मानिसहरुमा यसको लक्षण प्रमुखताका साथ देखिन्छ ।

जोशको बिरामी

अर्थोरेक्सिया नर्वोसाको उपचार गरिएन भने यसले कुपोषण तथा मानसिक स्वास्थको जटिलतालाई जन्माउन सक्छ ।

यो बिरामीबाट पीडित व्यक्तिहरु जोशिलो व्यवहारका शिकार हुन्छन् र उनीहरुको जीवनको गुणस्तर नै कम हुन थाल्छ ।

एक पटक यो बिरामीले समातेपछि यसबाट छुटकारा पाउन लामो समय पनि लाग्न सक्छ र पूर्ण रुपमा ठिक हुने बेलासम्ममा पटक-पटक स्वास्थ बिग्रने खतरा समेत रहिरहन्छ ।

सन् २०१७ मा यूनिभर्सिटि कलेज लण्डनका वैज्ञानिहरुको अनुसन्धानमा के पाइएको थियो भने जो व्यक्ति इन्स्टाग्रँममा अत्यधिक सक्रिय हुन्छ, उनीहरुमा अर्थोरेक्सिया हुने खतरा अत्यधिक हुन्छ ।

सोसल मिडियाका अन्य कुनै प्लेटफार्ममा आवद्ध हुनेहरुमा यो समस्या देखिएको प्रमाण फेला परेको छैन ।

इन्स्टाग्रामसँग सम्बन्धित बिरामीहरु

कम क्यालोरी भएको खाना खानेहरुलाई प्राय हेल्दी अथवा स्वस्थ भोजन भन्ने गरिन्छ, तर त्यस्तो भोजनहरुका लागि जोश बढाउने इन्फ्लूएन्सहरुका फलोअरहरुमा नै विशेषगरी यो बिरामी देखिएको छ ।

क्यानडाका फिटनेस इन्फ्लूएन्सर जेन ब्रेट अर्थोरेक्सियाको शिकार भैसकेकी छिन् । अहिले उनी यो बिरामीबाट तंग्रिने प्रयास गरिरहेकी छिन् ।

जेन ब्रेटलाई चार लाख ५० हजार मानिसले इन्स्टाग्रँममा फलो गरेका छन् । उनी ट्वीटरमा लेख्छिन्-‘फिटनेसका अर्थ यो होइन कि तपाईं हरेक दिन खानेकुरा खान बन्देज गर्नु होस् र केवल सलाद खाएर बस्नु होस् ।’

अर्थोरेक्सिया नर्वोसाका अतिरिक्त एनोरेक्सिया नर्वोसा पनि एउटा रोग हो, जसमा मानिसहरु भोक लागे पनि खाना खाँदैनन्, किनभने उनीहरुलाई वजन बढ्ने चिन्ताले सताइरन्छ ।

इन्स्टाग्राम थुप्रै कारणहरुले अर्थोरेक्सिया तथा एनोरेक्सिया दुबैलाई बढाउनका लागि जिम्मेवार मानिएको छ ।

फिट देखिने सनक

इन्स्टाग्रँम एउटा भिजुअल प्लेटफार्म हो, जहाँ सबै कुरा तस्बिरमा देखिन्छ, जसलाई तुलना गर्न पनि सजिलो छ ।

तस्बिरहरुको आधारमा पछिल्लो एक हप्ता अथवा एक महिनामा कति प्रगति भयो, त्यसलाई चुक्टिको भरमा देखाउन सकिन्छ ।

जेन ब्रेट भन्छिन्-‘कसैलाई थाहा छैन, पर्दा पछाडि के चलिरहेको छ भन्ने कुरा । अगाडि स्क्रिनमा केवल शरीरका निश्चित सुडौल तस्बिरहरु मात्र देखिन्छ ।’

इन्फ्लूएन्सरले जस्तो-जस्तो भन्छन्, उनीहरुका फलोअर्सहरुले उनीहरुकै कुरामा विश्वास गरेर उनीहरु जस्तै बन्ने तथा देखिने कोशिस गरिरहन्छन् ।

यद्यपि, वास्तवमै उनीहरुले शायद नै कुनै स्वस्थ बानी अपनाएका हुन्छन् । जबकि, त्यसको उल्टो असर परिरहेको हुन्छ् ।

सार्वजनिक चर्चामा मोटोपनालाई गम्भिर स्वास्थ समस्या मानिन्छ, तर अर्थोरेक्सिया तथा फिटनेसको बानीका बारेमा त्यति चर्चा गरिंदैन ।

यसको पछाडि के कारण हुन्छ भने यसबाट पीडित व्यक्ति बाहिरबाट हेर्दा स्वस्थ र सुडौल देखिन्छ, वास्तवमा यसका लागि उनीहरुमाथि इन्स्टाग्रामको लगातार दवाव भैरहन्छ ।

त्यसैले फिटनेसको सनक तपाईंलाई हानिकारक नलाग्न पनि सक्छ, तपाईंले यो स्वस्थ बानी समेत लाग्छ सक्छ, तर वास्तवमा त्यो तपाईंको भ्रम मात्र हुनसक्छ ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment