Comments Add Comment

न्यायाधीशको गाडीमा आगलागी

फाइल फोटो ।

५ फागुन, डोटी । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङ्गा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको छ ।

भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको गाडीमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए । आगलागीबाट गाडीको भित्री भाग(सिटहरु) पुरै जलेर क्षति पुगेको उनले बताए ।

तार सर्ट भएर गाडीमा आगलागी भएको हुन सक्ने प्रहरी निरीक्षक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment