Comments Add Comment

सुत्केरीको मृत्युपछि रंगेली अस्पतालमा तनाव

५ फागुन, विराटनगर । सुत्केरी महिलाको मृत्यु भएपछि मोरङको रंगेली अस्पतालमा नाराबाजी भएको छ । सोमबार बिहान प्रसुतिका लागि भर्ना भएकी रंगेली नगरपालिका– ७ की २५ वर्षीया रवीना सरदारको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पतालमा नाराबाजी गरेका हुन् ।

सोमबार बिहान भर्ना भएकी उनको नर्मल डेलिभरी भएको थियो । अस्पतालका चिकित्सकका अनुसार रवीनाको मृत छोरो जन्मिएको थियो ।

प्रसुतिपछि रक्तस्राव नरोकिएपछि डाक्टर अशोक ठाकुरले रगत दिएका थिए । अवस्था झन् गम्भीर भएपछि उपचारका लागि सुत्केरी रवीनालाई विराटनगरको कोसी अस्पताल पठाइएको थियो । कोसी अस्पतालमा पनि उपचार सम्भव नभएपछि नोबेल मेडिकल कलेज लगिएको थियो ।
नोबेलमा पुर्‍याए लगतै सुत्केरीको मृत्यु भएको थियो ।

सुत्केरी महिलाको मृत्युपछि आफन्तले शव रंगेली अस्पतालमा राखेर विरोध गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । उनका अनुसार मृत शिशुको शव आफन्तले बुझ्न मानेका छैनन् । आफन्तले चिकित्सकले लापरबाही गरेको दाबी गर्दै कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment