Comments Add Comment

उद्योगीसँग साँठगाँठ गरेको भन्दै कुखुरा किसानले घेरे उपभोक्ता विभाग

६ फागुन, काठमाडौं । किसानहरुले ह्याचरी र दाना उद्योगीसँग सरकारले नै मिलेमतो गरेर मूल्य बढाएको आरोप लगाएका छन् । सरकारसँगको मिलेमतोमा उद्योगीले चल्ला र दानाको मूल्य बढाएको भन्दै किसानहरुले मंगलबार उद्योग वागिज्य तथा उपभोक्ता हित संरक्षण विभाग घेराउ गरेका छन् ।

उनीहरुले पटक-पटक कालोजारीबारे जानकारी दिँदा पनि विभाग मौन बसेर उद्योगीको संरक्षण गरेको आरोप लगाएका छन् ।

कुखुरापालक कृषक संघर्ष समितिले माघ ११ गते देखि माघ १८ गतेसमम्मा ८ दिनका बीचमा प्रतिगोटा चल्ला ३०रुपैयाँका दरले मूल्यवृद्धि गरी चरम कालो बजारी भएको बताएको छ ।

माघ २० गतेसमितिले चल्लाको मूल्यमा भएको व्यापक कालोबजारीको विरुद्ध लिखित रुपमा नै उजुरी गर्दा समेत वाणिर्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कुनै पनि चासो नदिएको उनीहरुको दावी छ ।

‘विभाग र उद्योगीहरुबीच मिलेमतोमा चल्ला तथा दानामा व्यापार कालोबजारी गरिएको कुरा स्पष्ट देखिन्छ,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कुखुरापालन व्यवसाय दिन प्रतिदिन दलाल तथा माफियाहरुको घेरावन्दीले ध्वस्त हुँदै गईरहेको र साना किसानविरुद्ध योजनावद्ध ढंगले विस्थापन गर्ने उद्देश्यका साथ कहिले कुखुराको मूल्य घटाउने र कहिले चल्ला तथा दानामा अत्याधिक मूल्यवृद्धि गरेर किसानमाथि चरम शोषण भईरहेको कृषकहरुको भनाइ छ ।

‘मुख्यतयाः यो देशमा ६५ प्रतिशतभन्दा बढी किसानहरुले उत्पादन गर्दै आईरहेको कृषिजन्य उत्पादनमा मूल्य निर्धारणमा किसानको पहुँच नहुनु दुःखद विषय हो । मालिक र किसानबीचको अन्तर आजपनि विद्यमान छ,’ समितिले भनेको छ,’बढाइएको चल्ला तथा दानाको मूल्य तत्काल फिर्ता लिन अनुरोध गर्दछौ । साथै सर्वपक्षीय वृहत्त पोल्ट्री गोलमेच सम्मेलनको माग गर्दछौं ।’

माग पुरा नभएर किसानहरुले प्रतिरोधपूर्ण संघर्ष गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment