+
+
Shares

आँचललाई फ्यानको प्रश्न–‘के बिहेपछि पनि फिल्म खेल्नुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १२:२८

नायिका आँचल शर्मा आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठसँग फागुणको २९ गते बिहे गर्दैछिन् । आँचलको जीवनसाथी बन्दै गर्दा आँचल उत्साहित छिन् । उनै, आँचललाई सामाजिक संजालमा फ्यानले उदिपसँग सम्बन्धित विभिन्न बिषयमा प्रश्न सोधेका छन् । एक जना फ्यानले आँचललाई सोधेका छन्–‘के तपाई बिहेपछि पनि चलचित्र खेल्नुहुन्छ ?

यसमा आँचलले जवाफ दिइन्–‘किन नगर्नु, पक्कै पनि गर्छु ।’ आँचलले बिहेपछि पनि चलचित्रलाई निरन्तरता दिने बताएपछि उनका फ्यान खुशी भएका छन् ।

अर्का एकजना फ्यानले उनलाई सोधेका छन्–‘तपाइलाई उदिप सरको के कुरा मन पर्यो ?’

उनले जवाफमा लेखेकी छिन्–‘मलाई त उदिपजीको सबै कुरा मन पर्यो ।’ फ्यानसँग आँचलले उदिप र आफ्नो बिषयमा प्रश्नोत्तर गरेका कारण पनि उनी आफ्नो बिहे र सम्बन्धलाई लिएर उत्साहित रहेको प्रष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?