+
+
Shares

क्वारेन्टाइनमा राखिएको नेपाल एयरलाइन्सको वाइडबडी आजबाट उड्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते ८:२७

६ फागुन, काठमाडौं । चीनको वुहानबाट नेपाली विद्यार्थी लिएर आएको नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाजको क्वारेन्टाइन अवधि पुरा भएको छ ।
जहाज मंगलबार साँझबाट नियमित उडानमा निस्कने नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख सिनियर क्याप्टेन दीपु ज्वार्चनले जानकारी दिए ।

‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार प्रक्रिया पुरा गरेर जहाजलाई सुरक्षित राखेका छौं,’ उनले भने, ‘मंगलबार साँझबाट जहाज नियमित उडानमा निस्कन्छ ।’ यो जहाज उनका अनुसार यो जहाज साँझ दोहोका लागि उड्दैछ ।

आइतबार बिहान करिव ४ बजे चीनको वुहानबाट १७५ जना नेपाली विद्यार्थी बोकेर आएको यो जहाजमा क्याबिन क्रुसहित १७ जनाको टोली पनि गएको थियो । विद्यार्थी र नेपालबाट चीन गएका व्यक्तिहरु भने दुई सातासम्म क्वारेन्टानइमा बस्नुपर्छ ।

यो जहाज अहिले त्रिभुवन विमानस्थलस्थित रिमोट पार्किङ वेमा राखिएको छ । जहाँ नियमित उडानका जहाजसँग यसको कुनै सम्पर्क हुँदैन । विमानस्थलमा आपतकालीन अवस्थामा अन्य यात्रु र विमानलाई क्षति नपुगोस् भनेर गत वर्षमात्र रिमोट पार्किङ-वे निर्माण गरिएको हो ।|

एउटा जहाज क्वारेन्टाइन अवधिमा बस्दा समेत नेपाल एयरलाइन्सले सेड्यूलमा राखेका कुनै पनि उडान रद्द नगरिएको सिनियर क्याप्टन ज्वार्चनले जानकारी दिए ।

नेपाल एयरलाइन्ससँग अहिले कूल ४ वटा जहाज छन् । ती जहाजबाट नेपाल एयरलाइन्सले ९ वटा अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्दै आएको छ ।
‘उडान रद्द गरेनौं, बरु केही ढिला भयो, तर नियमित उडान प्रभावित नहुने गरी समय तालीका मिलाएका थियौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?