+
+
Shares

एचएसबीसी बैंकले ३५ हजार कर्मचारी कटौती गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १८:३८

६ फागुन, काठमाडौं । बेलायतको एचएसबीसी बैंकले ३५ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

सन् २०१९ मा अनुमान गरेको भन्दा एक तिहाइ नाफा घटेपछि एचएसबीसीले कर्मचारी कटौतीको घोषणा गरेको हो । यसबाट सन् २०२२ सम्म बैंकको साढे चार विलियन डलर खर्च जोगिने बैंकले जनाएको छ ।

बैंकका अन्तरिम प्रमुख कार्यकारी नोइल क्युनले आगामी ३ वर्षमा कर्मचारी २ लाख ३५ हजारबाट २ लाखमा झार्ने बताएका छन् ।

बैंकले अनुमान गरेभन्दा बढी कर्मचारी कटौती गर्न लागेको विश्लेषकहरुले बताएका छन् । बैंकले १० हजार कर्मचारी कटौती गर्ने अनुमान गरिएको थियो । बैंकले एसिया क्षेत्रमा १३.३५ बिलियन डलर नामा कमाउँदा युरोपमा जम्मा ७.३ बिलियन डलर कमाएको थियो ।

यो बैंक हाल उत्तर अमेरिका, युरोप, मध्यपूर्व र एसिया क्षेत्रका ५० देशमा विस्तार भएको छ । प्रधान कार्यालय रहेको बेलायतमा मात्र यसका ४० हजार कर्मचारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?