Comments Add Comment

महायज्ञ उद्घाटन गर्न राष्ट्रपति भण्डारी रौतहटमा

६ फागुन, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारी एक धार्मिक कार्यक्रममा सहभागी हुन मंगलबार रौतहट आएकी छन् ।

उनले मौलापुरस्थित पतौरा महादेव मन्दिरमा पूजा अर्चना गर्नुका साथै यहाँ आयोजित मधानी महायज्ञ उद्घाटन गरेकी छन् । त्यस अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक मौलिक परम्परालाई महायज्ञले थप उजागर गर्ने धारणा राखिन् ।

उनले प्राचीन शिव मन्दिरलाई व्यवस्थित बनाएर धार्मिक पर्यटन प्रवद्र्धनलाई बढावा दिनुपर्नेमा जोड दिइन् । ताल तलैयाको संरक्षण नहुनु, बढ्दो वन विनाश र प्राकृतिक दोहन लगायतका कारण बर्षेनी धनजनको क्षति हुने गरेको प्रति दुख व्यतm गर्दै उनले चुरे संरक्षण र तटबन्ध निर्माणमा सरकारले जोड दिएको पनि बताइन् ।

प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सह्राहना गर्दै राष्ट्रपति भण्डारीले यस्ता अभियानबाट कुनै पनि छोरीहरु निरक्षर नहुने र आत्मसम्मानका साथ आफ्नै खुट्टामा उभिन सक्ने क्षमतावान बन्ने बताइन् ।

तराई मधेशको मेरुदण्ड मानिएको हुलाकी सडक परियोजनालाई प्रदेश २ को सरकारले महत्व दिएर अघि बढाएकोमा राष्ट्रपति भण्डारीले प्रशंसा गरिन् ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु साउत, प्रदेश २ को मुख्य सचिव विनय परियार, सांसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलगायत सहभागी थिए ।

तीन दिनसम्म चल्ने मधानी महायज्ञमा ३ लाख श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ । महायज्ञलाई भव्य बनाउन नेपाली कलाकार निखिल उप्रेती, केकी अधिकारी, भारतीय कलाकार दिनेशलाल यादव (निरहुआ), अम्रपाली दुवेलगायतको प्रस्तुति पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment