Comments Add Comment

प्रचण्ड भन्छन्– एमसीसी राष्ट्रिय हितमा पास हुन्छ

'नेकपालाई कमजोर पार्न अर्बौंको लगानी भइरहेको छ'

७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पास हुने बताएका छन् ।
नेपालका कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा समेत उनले गरे ।

सुर्खेतमा कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले विश्वमै कम्युनिष्ट शासन भएको देश नेपाल र कूटनीतिक पक्षलाई जोगाउँदै एमसीसी पास हुने बताए । एमसीसीबारे सुझाव दिन गठित कार्यदलले ल्याएको प्रतिवेदन पार्टी सचिवालयमा छलफल हुने र मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उनको भनाइ छ ।

उनले तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएर गठित नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको दाबीसमेत गरे । ‘विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएका छन्,’ प्रचण्डले भने, ‘दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ, यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।’

नेपालका कम्युनिष्ट पार्टीहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै उनले समयक्रममा यसबारे बिस्तारमा बताउने बताए ।

उनले सरकारले लिपुलेक, लिम्पियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने तयारी गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment