
७ फागुन, काठमाडौं । काठमाडौंको टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस मनाइएको छ ।
राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको ००७ फागुन ७ को सम्झनामा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको छ । यही परम्पराअनुसार, बुधबार टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हाे ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।
हेरौं अनलाइनखबरकर्मी आर्यन धिमालले कैद गरेका केही तस्वीरहरूः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4