Comments Add Comment

सवारी दुर्घटनामा घाइते भएका मेजर सिलवालको मृत्यु

७ फागुन, काठमाडौं । सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते मेजर ईश्वर सिलवालको मृत्यु भएको छ । वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको नेपाली सेनाले जनाएको हो ।

सिलवाल सेनाको सबुज गणमा कार्यरत् थिए । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको लु१ग १२३ नम्बरको गाडी २९ माघमा दुर्घटना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मेजर सिलवालसहित जवान रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठलगायत घाइते भएका थिए । अन्यको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment