Comments Add Comment

विश्व अर्थतन्त्रमा कोरोनाको प्रभाव : सुनको भाउमा ऐतिहासिक रेकर्ड

७ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको बढ्दो भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार १ सय र तेजाबी सुनको ७६ हजार ८ सय खरिद बिक्री मूल्य तोकिएको नेपाल सुनचँँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा छापावाल र तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय र तेजावी सुनको मूल्य ७६ हजार ४ सयबाट मा कारोबार खुलेको थियो ।

यस्तै चाँदी प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको सुनको मूल्य पनि त्यस अघि कारोबार भएको मध्ये सबै भन्दा धेरै भएको महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए ।

मूल्य बढ्नुको कारण कोरोना भाइरस

कोरोना भाईरसका कारण विश्व अर्थतन्त्र सुस्ताउँदा त्यसको असर चौतर्फी देखिएको सुन व्यवसायीहरुले बताएका छन् । कोरोनाका कारण अन्तराष्ट्रिय शेयर बजार सुताएको र मानिसहले सुनमा लगानी गर्न खोज्दा भाउ आकासिएको व्यवसायी मणिकरत्न शाक्यले बताए ।

‘विश्व बजारमा सुनको उत्पादन यथावत छ तर सुन किन्ने मानिसहरु बढे मूल्य बढ्यो’ उपाध्यक्ष शाक्यले भने । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १६ यस डलर नाघेको उनले बताए ।

बिहेको सिजनमा व्यापार खस्कीयो

सुनको भाउमा बनेको नयाँ रेकर्डसँगै दैनिक कारोबार प्रभावित बनेको सुन चाँदी व्यवसायीहरुले बताएका छन् ।

अघिले वर्ष फागुनमा दैनिक ४० देखि ५० किलोसम्म बिक्री हुने सुनको कारोबार अहिले दैनिक २०/२२ किलोमा सीमित भएको व्यवसायी एवं महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘बिहेको सिजन हो, मंगलबार ग्राहक ठिकै थिए तर बुधबारको बजारमा ग्राहक सुस्ताएको देखिन्छ ।’ बज्राचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment