Comments Add Comment

गाँजाले एकोहोरो बनाउँदो रहेछ – दीपकराज

दीपकराज गिरी अहिले गुपचुपरुपमा चलचित्रको स्कृप्ट लेखिरेहका छन् । ‘छक्का पञ्जा ४’ को स्कृप्टमा काम गरिरहेका उनी जोकसैको फोन पनि उठाउँदैनन् ।

दीपकराजको एउटा पुरानो बानी छ, स्कृप्ट लेख्न सुरु गर्नुपूर्व गाँजा तान्ने । यो कुराको खुलासा उनी आफैंले गरेका थिए । गाँजाले दिमागलाई एकोहोरो बनाउने र लोख्दा मन नभड्किने उनको तर्क थियो ।

तर अहिले उनले गाँजा छोडेका छन् । स्वास्थ्यमा समस्या आएपछि नियमित रुपमा गाँजा तान्न छोडेको उनले बताए । उनले भने, ‘धुवाँले मलाई एलर्जी गरायो । डाक्टरले नै नखानु भनेपछि छोडेको हुँ ।’

गत एक वर्ष दीपकराजले निरन्तर गाँजा तानेका थिए । अहिले केही महिना भइसक्यो उनले गाँजा छोडेको । ‘अहिले स्कृप्ट लेख्दा मैले खाएको छैन’, दीपक भन्छन्, ‘केही महिना भइसक्यो मैले छोडेको ।’

शिवरात्री नजिकिदै छ । शिवरात्रीमा भने मज्जाले गाँजा तान्ने सोचमा छन्, दीपकराज । उनले भने, ‘शिवरात्रीमा त खानै पर्यो नि । शिवरात्रीमा खान थालेको त १५ वर्ष भइसक्यो । त्यो दिन त मज्जाले तोप तान्ने हो ।’

दीपकराज गाँजा र रक्सीमध्ये गाँजा नै राम्रो भएको बताउँछन् । ‘थोरै खाने हो भने दुबै राम्रो हो । तर, बढि खानुहुन्छ भने दुबै हानिकारक पनि छन्’, दीपकराज भन्छन्, ‘तर, तुलनात्मक रुपमा गाँजा राम्रो छ । किनभने रक्सी धेरै खाइ भने हो–हल्ला गर्नेदेखि झगडा गर्नेसम्म हुन्छ । गाँजाले शान्त बनाउँछ ।’

गाँजा खादा सृजनशिल हुने कुरा भने उनी मान्दैनन् । उनले भने, ‘गाँजा खाएर राम्रो लेख्यो भन्नेहरु गलत हुन् । यदि गाँजा खाएर राम्रो लेख्ने भए बाबाजीको जस्तो कसैले लेख्न सक्दैनन थिए होला ।’ गाँजाले मान्छेलाई एकोहोरो बनाउने भएकाले लेख्नबाट मन भड्किन नदिने उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment