Comments Add Comment

यामाहाको एफआई : यसरी गर्छ काम, के-के छन् लाभ ? (भिडियोसहित)

७ फागुन, काठमाडौं । यामाहाले एक दशकघि नै आफ्ना बाइकमा नेक्स्ट जेनेरेसन फ्युल इन्जेक्सन (एफआई) प्रविधि ल्यायो । यसलाई नयाँ पुस्ताले खुब रुचाएका छन् । आधुनिक पुस्ता फ्युल इन्जेक्सन प्रणाली र फ्युल इन्जेक्टेड इन्जिनको बारेमा जान्न निकै इच्छुक रहेका बेला याहामाले यो प्रविधिलाई ल्याएर बाइक राइडरलाई विभिन्न लाभहरु दियो ।

नेपालको लागि यामाहा टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज प्रालिले सन्२००८ देखि नै यो प्रविधिलाई नेपालमा भित्राइसकेको थियो ।

यामाहाले पहिलोपटक आर १५ मा फ्युल इन्जेक्सन प्रविधिको प्रयोग गरेको थियो । अहिले नयाँ पुस्ताले एफआई प्रविधिलाई अनिवार्य मान्न थालेका छन् ।

यामाहाले फ्युल इन्जेक्सन प्रणाली र फ्युल इन्जेक्टेड इन्जिन (एफआई) को बारेमा आम नागरिकलाई सचेतना प्रदान गर्दै पनि आएको छ । हालैका दिनहरुमा, फ्युल इन्जेक्सन (एफआई) इन्जिन लोकपि्रय बन्दै गएको छ ।

अहिले धेरैजसो दुईपांग्रे सवारीसाधनहरुमा यो प्रविधि जोडिएका हुन्छन् । यो प्रविधि कार्बुरेटरको अत्याधुनिक एवम् स्वचालित संस्करण हो ।

यामाहा नेपालका सिनियर सर्भिस इन्जिनियर निर्मल कार्कीका अनुसार यसले ८ सेन्सरहरुको मद्दतले काम गर्छ । क्र्यांक पोजिसन सेन्सर, कूलेन्ट टेम्प्रेचर सेन्सर, इन्टेक एयर प्रेसर सेन्सर, थ्रोटल पोजिसन सेन्सर, ओटू सेन्सर, इन्टेक एयर टेम्प्रेचर सेन्सर, लीन एंगल सेन्सर र स्पीड सेन्सर हुन्छन् ।

यी सेन्सरहरु मोटरसाइकलमा जडान गरिएको हुन्छ र यसले इलेक्टि्रक कन्ट्रोल युनिट (ईसीयू) का लागि डाटा प्राप्त गर्ने काम गर्दछ, जहाँ ईसीयूले प्राप्त डाटाको अनुगमन गर्छ र सोही अनुरुप प्रक्रिया अघि बढाउँछ । यिनले मानव शरीरका मस्तिष्क र ज्ञानेन्द्रीयहरुले झैं मोटरसाइकललाई अत्यावश्यक प्रतिक्रिया उपलब्ध गराउँछन् ।

कुन सेन्सरले के गर्छन् ?

  • क्र्याँक पोजिसन सेन्सर- यसले इन्जिनलाई चाहिए जसरी इन्धन परिमाणमा नियन्त्रण राख्छ ।
  • कुलेन्ट टेम्प्रेचर सेन्सर- इन्जिनलाई अधिक तातो हुन नदिन इन्धनको वितरण इन्जिनको तापक्रमअनुसार गर्छ ।
  • इन्टेक एयर प्रेसर सेन्सर- जुनै मौसम तथा भौगोलिक अवस्थामा पनि ड्राइभिङसहज बनाउँछ ।
  • थ्रोटल पोजिसन सेन्सर- थ्रोटल र इन्जिनको आवश्यकता बमोजिम इन्धनको परिमाण नियन्त्रण गर्छ ।
  • ओटू सेन्सर- बलिरहने ग्यासको स्तरमार्फत इन्धन खपत कायम राख्छ ।
  • लीन एंगल सेन्सर- सवारी साधन असुरक्षित तरिकाले ढल्किएमा इन्धन वितरण कार्य रोक्छ ।
  • इन्टेक एयर टेम्प्रेचर सेन्सर-तापक्रम जे जस्तो भएपनि सजिलै स्टार्ट गराउँछ ।
  • स्पीड सेन्सर- बाइकको गति र पर्यावरणीय मोड अनुसार इन्धन खपत गर्छ ।

के-के हुन्छ लाभ ?

यी सबै सेन्सरहरुले संयुक्त रुपमा ईसीयूलाई एकमुष्ठ डाटा उपलब्ध गराउँछन् । ईसीयूले डाटाको अनुगमन गर्छ र सेन्सरहरुलाई प्रतिक्रिया उपलब्ध गराउँछ । जसले गर्दा अन्ततः सेन्सरहरुका साथसाथै इन्जेक्सनबाट पनि उत्कृष्ट प्रदर्शनी प्राप्त हुने गर्छ ।

यसले कुनै पनि मौसमी अवस्थामा प्रयत्नहीन स्टार्ट र गति पकड्ने समस्या हल गर्छ । जाडो सयममा बाइक स्टार्ट गर्न कुनै समस्या पर्दैन । किनकी सेन्सरहरुले बाहिरी मौसमको अवस्थाबारे डाटा ईसीयूलाई दिएर स्टार्ट गर्न सहज स्थिति बनाउँछ ।  एफआई प्रविधिको प्रयोगले कार्बुरेटर संस्करणभन्दा १४ प्रतिशत धेरै माइलेज दिन्छ । यसले गर्दा बाइकमा हुने खर्च कम हुन्छ ।

यो प्रविधिले बाइक चलाउन सहज अवस्था त बन्छ नै, कम लागतमा नै मर्मतसम्भार गर्न सकनिछ । बाइकमा भएका समस्यालाई स्वचालित सिस्टमबाट जान्न सकिन्छ । र, मर्मतका क्रममा आफ्नै अघि बाइकमा भएको समस्याबारे थाहा पाउन सकिन्छ र के गर्ने/नगर्ने निर्णय लिन सकिन्छ ।

यामाहाले वगत चार वर्षदेखि आफ्ना सर्भिस सेन्टरहरुमा एफआई स्टेसन सञ्चालन गरिरहेको छ । जसले एफआई इन्जिनको स्वास्थ्यबारे स्वासथ्य रिपोर्ट लिएजस्तै प्रिन्टेड रिपोर्टसहित जानकारी दिन्छ ।

हेर्नुस् जानकारीमूलक भिडियो
स्टेसनको उद्देश्य ग्राहकहरुलाई गुणस्तरीय सेवा दिनु रहेको कम्पनी बताउँछ । यस्ता स्टेशन विशेषतः यामाहा प्रयोगकर्ताहरुलाई मात्र उपलब्ध छ ।  मोटरसाइकलहरुको समस्या निदान गर्न यामाहाको विशेष प्रविधि र सफ्टवेयर नै छ । यस्ता स्टेसनमा दक्ष प्राविधिक र इन्जिनियरहरु हुन्छन् । जसले प्रविधिमार्फत बाइकलाई एफआईको सेन्सरहरु र एक्चुएटर्सको निदान गर्छन् ।

यो प्रविधिले सेन्सरहरुमा भएको त्रुटि वा गल्ती देखाउँछ । यसले विज्ञलाई समस्या पहिल्याउन मद्दत पुग्छ र छिटो त्यसको समाधान गरिन्छ, जसले वास्तवमै ग्राहकहरुको सवारीको अवस्था र समय तालिकामाथि विचार गर्छ ।

यो प्रक्रिया सरल तर प्रभावकारी हुन्छ । यसले मोटरसाइकलको ब्याट्री टर्मिनलहरु र ईसीयू वायरिङलाई निदान उपकरण प्लग गरेपछि छापिएको हेल्थ कार्डमार्फत् सम्पूर्ण जानकारी उपलब्ध गराउँछ ।

कसरी हुन्छ एफआईको चेक जाँच ?

यामाहाले बाइक च्यासिस नम्बर दर्ता गर्ने र यामाहा सर्भरमा दर्ता नम्बर राख्छ ।  दर्ता गरेर सबै आवश्यक सूचनाहरु सुरक्षित (सेभ) गरेपछि गतिशील निरीक्षण प्रक्रिया  थाल्छ । गतिशील निरीक्षणको दौरान इन्जिन निष्क्रिय स्टार्ट गरिराख्नु पर्छ र यसले सबै सम्बन्धित सेन्सरको अवस्थाहरु र विस्तृत जानकारी देखाउँछ । सेन्सरको सम्पूर्ण अवस्था र मोटरसाइकलको प्रदर्शनी हेल्थ कार्डमार्फत् देखाइन्छ ।

एफआई क्लिनर मोटरसाइकलको इन्जिनलाई पोलिथर्माइन (पीईए) झोलको सहायताले सफा गरिन्छ । यो प्रक्रिया पूरा हुन कम्तीमा ५ मिनेट समय लाग्छ र यो स्वचालित प्रक्रिया हो ।

इन्जेक्टरको समयमै अनुगमन गरेर इन्जेक्टरले मोटरसाइकल र चालक दुवैलाई उत्कृष्ट कार्य क्षमता प्रदान गर्छ । एफाई प्रविधि अहिले एउटा बरदानजस्तो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment