Comments Add Comment

काखबाटै खोसेर बालबालिका विदेश तस्करी

अनियमितता र बेथितिसँगै राजनीतिलगायत विषय आजका अखबारहरूको प्राथमिकतामा परेका छन् ।

‘काखबाटै खोसेर विदेश’ शीर्षकमा अन्नपूर्णले धर्म सन्तानका नाममा भइरहेको बालबालिका तस्करीबारे चिरफार गरेको छ । अभिभावकत्व गुमाएका बालबालिकाको रेखदेख गर्ने जिम्मा बाल संगठन नेपाल, नक्सालले लिँदै आएको छ । तर बाबुआमा भएका बालबालिकालाई समेत बाल मन्दिरको संलग्नतामा काखबाटै खोसेर विदेश पठाउने काम भएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

अन्नपूर्णका अनुसार सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्र/पुत्री बनाएर विदेश पुर्याइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार, सन् २०१० देखि २०१९ जुलाइसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र/पुत्री बनाएर लगिएको छ ।

वागमती प्रदेशकमा मुख्यमन्त्री डोरमणि पौडेल पार्टी र संसदीय दलमा अप्ठ्यारोमा पर्दै गएको खबर कान्तिपुरले छापेको छ । छलफलै नगरी आफूखुसी चल्न थालेपछि पौडेलप्रति उनकै दलका सांसदको अविश्वास बढेको समाचारको सार छ ।

लुघवित्तका बदमासीबारे निरन्तर चिरफार गर्दै आएको नयाँ पत्रिकाले आज पनि यही विषयलाई मुख्य समाचार बनाएको छ । रिपोर्टअनुसार निर्धनको उत्थानका नाममा खोलिलएका लघुवित्तले मुनाफा बढाउँदै लगेका छन् ।

विदेशी नागरिकको विवरण उतार्ने तयारीमा प्रहरी जुटेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । विदेशी नागरिक शंकास्पद गतिविधिमा संलग्न भएको भेटिएपछि प्रहरीले विवरण संकलन गर्न लागेको समाचारमा उल्लेख छ ।

कुहिएको चामललाई लिएर सरकारका दुई निकायबीच चलेको जुहारी र राजधानीको अतिक्रमण हटाउन परेको सकसलगायत विषय राजधानीले उठाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment