+

टोटनह्याम घरेलु मैदानमा लेइपजिगसँग पराजित

२०७६ फागुन  ८ गते ७:४२ २०७६ फागुन ८ गते ७:४२
टोटनह्याम घरेलु मैदानमा लेइपजिगसँग पराजित

८ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको साविक उपविजेता टोटनहम हट्सपर अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब आरबी लेइपजिगसँग घरेलु मैदानमै पराजित भएको छ ।

बुधबार राति भएको खेलमा टिमो वेर्नरले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमा लेइपजगिले टोनह्यामलाई १–० ले पराजित गरेको हो ।

वेम्लीमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा टोटनह्यामले आफ्नै गल्तिले गोल खायो । ५८औं मिनेटमा वेर्नरले पेनाल्टीमा गोल गरे । टोटनहमका बेन डेभिसले कोनार्ड लेइमरलाई फउल गरेपछि लेइपजिगले पेनाल्टी पाएको थियो र वेर्नरले त्यसमा गोलमा परिणत गरे ।

अबे मैदानमा जित हात पारेको लेइजिगलाई दोस्रो लेगअघि यो जितले फाइदा पुगेको छ । दोस्रो लेग मार्च १० मा जर्मनीमा हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय