Comments Add Comment

वर्षालाई बायोपिकमा काम गर्ने रहर

पछिल्लो समय नायिका वर्षा सिवाकोटी निकै व्यस्त बनेकी छिन् । उनी अभिनित चलचित्र ‘लक्का जवान’ रिलिजको तयारीमा छ भने उनले चलचित्र ‘चालबाज’को छायांकन पनि सकाइसकेकी छिन् ।

वर्षाको पाइपलाइनमा पनि धेरै चलचित्र छन् । ‘सुदुर’, ‘परदेशी २’ र ‘गोर्खा वारियर’मा उनी अनुबन्धित भइसकेकी छिन् । तर, वर्षा आफूलाई भने बायोपिक चलचित्रमा काम गर्ने रहर भएको बताएकी छिन् ।

बुधबार उनले सामाजिक संजालमा आफ्ना फ्यानहरुलाई प्रश्न सोध्न त्यहाँ उनलाई एक फ्यानले ‘कस्तो चलचित्रमा काम गर्न मन छ ?’ भन्ने प्रश्न गरे । त्यसको उत्तरमा उनले आफूलाई बायोपिक चलचित्रमा काम गर्ने मन भएको बताएकी छिन् । उनले लेखेकी छिन्, –‘मलाई राष्ट्रिय हिरो र मेरो रोजाईको व्यक्तित्वको बायोपिकमा काम गर्ने मन छ ।’

वर्षालाई त्यहाँ एक फ्यानले नेपाली चलचित्रको विषयमा पनि प्रश्न गरेका छन्–‘तपाईको विचारमा नेपाली चलचित्र किन विदेशी चलचित्रको स्तरमा पुगेको छैन ? लगानी, कथा, निर्देशन, प्रविधि ?’

फ्यानको यो प्रश्नमा उनले नेपाली चलचित्रलाई अन्य देशको चलचित्रसँग तुलना नगरिदिन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘सुरुमा त कृपया नेपाली चलचित्रलाई बाहिरी चलचित्रसँग तुलना नगरिदिनु होला । हाम्रो देशको स्रोत र साधनले हलिउड र बलिउडको जस्तो चलचित्र बनाउन सकिदैन । तर, नेपाली चलचित्रमा धेरै स्तरोन्नती भने भइरहेको छ । यसमा सामाजिक संजालबाट दिने प्रतिक्रिया र मिडियाले दिने समिक्षा भन्दा दर्शकको निष्पक्ष प्रतिक्रिया निकै महत्वपूर्ण हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment