
काठमाडौं । गोवा एफसी एसियन च्याम्पियन्स लिगमा छनोट हुने पहिलो भारतीय क्लब बनेको छ । इन्डियन सुपर लिग आइएसएल २०१९-२० को शीर्ष स्थानमा रहँदै गोवाले इतिहास बनाएको छ ।
१० टोली सहभागी लिगमा १८ खेलपछि गोवाले ३९ अंक जोडेको हो । आफ्नो अन्तिम लिग खेलमा गोवाले जम्सेदपुर एफसीलाई ५-० ले हरायो । जेबरडी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा गोवाका लागि ह्युगो बोउमोसले दुई तथा पेरान कोरोमिनास, ज्याकिचन्द सिंह र माउटार्डा फले एक/एक गोल गरे ।
दोस्रो स्थानमा रहेको एटिकेको ३३ अंक छ । एटिकेले एक खेल खेल्न बाँकी नै छ, तर उक्त खेल जितेपनि गोवालाई भेट्ने छैन ।
नयाँ सिजनदेखि एसियन च्याम्पियन्स लिगमा भारतको आइएसएल जित्ने टिमले पनि प्रतिस्पर्धा गर्ने एफसीले यसअघि नै निर्णय गरिसकेको छ ।
२०२१ मा एसियन च्याम्पियन्स लिगमा क्लबको सखंया पनि बढाइएको छ । यसअघि समूह चरणमा ३२ टिमले प्रतिस्पर्धा गर्ने मा अब ४० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4