+
+

मन्त्रीले राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते १६:४३
फाइल तस्वीर

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ ।

मन्त्रिपरिषदको निर्णय सुनाउन हरेक मन्त्री बास्कोटाले हरेक बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आएका थिए ।

सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका मन्त्री बास्कोटाले बिहीबार दिउँसो राजीनामा दिएका हुन् ।

बिहीबार कञ्चनपुर पुगेका मन्त्री बास्कोटाले काठमाडौं फर्किने क्रममा धनगढी विमानस्थलमा उक्त अडियो प्रकरणबारे काठमाडौं पुगेपछि पत्रकार सम्मेलनमा बोल्ने भन्दै त्यहाँका पत्रकारलाई जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?