 
																			९ फागुन, काठमाडौं । कोरोना संक्रमित चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण भएको छ ।
उद्धार गरेर ल्याइएका ४५ युक्रेनी र २७ देशका अन्य नागरिक चढेको बसमाथि सडकमा उत्रिएका प्रदर्शनकारीले आक्रमण गरेका हुन् ।
बीबीसीका अनुसार, उद्धार गरिएकालाई नोभी सन्जारी हस्पिटलको क्वारेन्टाइनमा राख्न ६ वटा बसमा लगिँदै थियो । त्यही क्रममा सडकमा निस्किएका प्रदर्शनकारीहरूले ढुंगा र आगोको लप्काले आक्रमण गरेका हुन् ।
उद्धार गरिएका कसैलाई पनि कोरोना संक्रमण नरहेको युक्रेनका स्वास्थ्यमन्त्रीले जनाएका छन् । यद्यपि, सहरका बासिन्दाहरू भाइरस फैलने भन्दै प्रदर्शनमा उत्रिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनताहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । साथै उनले हामी सबै मानव हौं भन्ने स्मरण गर्न पनि आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4