Comments Add Comment

खप्तड गोल्ड कपको चौथो संस्करण शुक्रबारदेखि

 फागुन कैलाली । नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्ड कपको चौथो संस्करणको शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगित २० गतेसम्म सञ्चालन हुने आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन खेलमा शुक्रबार वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम- ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ । यस संस्करणमा नेपाल र भारतका १२ टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment