Comments Add Comment

गुल्मीमा सेना दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल

९ फागुन, गुल्मी । गुल्मीमा नेपाली सेनाले आफ्नो स्थापना दिवस मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेर मनाएको छ । गुल्मीमा वीरभद्र जंग गुल्मले दिवससका अवसरमा राष्ट्र सेवक कर्मचारी र जिल्लावासीबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेरको हो ।

जिल्ला सदरमुकाम तम्घासको चिदिचौरमा भएको मैत्रीपूर्ण फुटवल खेलमा राष्ट्र सेवक कर्मचारीबाट प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलासहित कर्मचारीहरु सहभागी थिए ।

जिल्लावासीको टिमबाट स्थानीय युवाहरको सहभागिता रहेको थियो । मैत्रीपूर्ण खेलमा जिल्लावासीको टिम प्रथम भयो ।

प्रथम हुने टिमले रनिङ्ग शिल्ड प्रमाणपत्र पाएको छ । नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

नेपाली सेना र स्थानीय नागरिकबीच सम्बन्ध नजिक होस भन्ने उदेश्यले मैत्रीपूर्ण खेल राखिएको वीरभद्र जंग गुल्मका गुल्मपति सेनानी रवीन्द्र महर्जनले जानकारी दिए ।

यो वर्षदेखि प्रत्येक शिबरात्रीमा मैत्रीपूर्ण खेल सञ्चालन हुने महर्जनले बताए । खेलबाट मित्रता, अनुशासन र देशविकासमा प्रेरित गरोस भनेर पनि खेलकुदको आयोजना गरिएको सेनानी महर्जनले जानकारी दिए ।

मैत्रीपूर्ण फुटवल खेलमा प्रथम हुने टिमलाई रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र सेनानी रवीन्द्र महर्जनले शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment