+
+
Shares

जन्ती पुर्‍याएर फर्केको बसमा मरिच र छोकडाको तस्करी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते १७:१३

९ फागुन, वीरगञ्ज । पर्सा प्रहरीले जन्ती पुर्‍याएर फर्कँदै गरेको बसबाट छोकडा र मरिच बरामद गरेको छ ।

सिर्सियाबाट वीरगञ्ज जन्ती पुर्‍याएर गाउँतिर फर्कँदै गरेको ना ७ ख ८४२१ नम्बरको बसबाट ३ सय ५० किलो छोकडा र २ सय किलो मरिच बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाले अवैध रुपमा भारत निकासी हुन लागेको आशंकामा ७ बोरा छोकडा र ८ बोरा मरिच नियन्त्रणमा लिएको जनाएको छ ।

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीबाट शुक्रबार बिहान साढे २ बजे अवैध रुपमा भारत निकासी गर्न लागिएको छोकडा र मरिच बरामद भएको इप्रका पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए ।

‘जन्ती पुर्याएर फर्केको बसमा मरिच र छोकडा राखेर भारत लैजान लागिएको छ भन्ने गोप्य सूचना हामीले पाएका थियौं, चेकजाँच गर्दा सामान भेटियो,’ उनले भने, ‘कागजपत्र माग्दा दिन सकेनन्, त्यसैले समान बरामद गरेर कारबाही प्रक्रिया अघि बढाएका छौं ।’ बसका चालकको संलग्नता नदेखिएकोले उनलाई छोडिएको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?