Comments Add Comment

आइफोन र एन्ड्रोइडका लागि माइक्रोसफ्टको एन्टी भाइरस एप

काठमाडौं । डेस्कटप कम्प्युटर अपरेटिङ सिस्टमको दुनियामा प्रभुत्व जमाइरहेको माइक्रोसफ्टले स्मार्टफोनको क्षेत्रमा चाहीँ आफ्नो छाप छाड्न असफल भइरहेको छ । विन्डोज मोबाइल अपरेटिङ सिस्टम होस् वा लुमिया हार्डवेयर होस्, माइक्रोसफ्टले आशातित सफलता प्राप्त गर्न नसकेको होइन, पूरै फ्लप भयो ।

अबचाहिँ माइक्रोसफ्टले स्मार्टफोनको दुनियामा प्रवेश गर्ने नयाँ योजना बनाएको छ ।

माइक्रोसफ्टले आफ्नो सेक्योरिटी टूल विन्डोज डिफेन्डरलाई एन्ड्रोइड तथा आइओएसका लागि समेत लञ्च गर्ने निर्णय गरेको छ ।

विन्डोज डिफेन्डर भनिने एन्टी भाइरस सफ्टवेयरलाई माइक्रोसफ्टले आफ्नो विन्डोज ८ देखि उपलब्ध गराउन थालेको हो ।

एन्ड्रोइड स्मार्टफोन तथा आइफोनका लागि यही वर्षको अन्त्यसम्ममा विन्डोज डिफेन्डरको फाइनल भर्सन उपलब्ध हुने माइक्रोसफ्टले जनाएको छ । आगामी हप्ता आफ्नो आरएसए सम्मेलनका क्रममा कम्पनीले यसको झलक देखाउनेछ ।

स्मरण रहोस् माइक्रोसफ्टले गत वर्ष म्याक अपरेटिङ सिस्टमका लागि डिफेन्डर एन्टी भाइरसको पब्लिक प्रिभ्यू जारी गरेको थियो । र माइक्रोसफ्टले विन्डोज डिफेन्डरको नाम पनि परिवर्तन गरेको छ ।

समाचार अनुसार माइक्रोसफ्टको स्मार्टफोन एन्टी भाइरस सफ्टवेयर डेस्कटप भर्सनभन्दा निकै फरक हुनेछ । यसका माध्यमबाट एन्ड्रोइड स्मार्टफोनमा भाइरस र मालवेयर स्क्यान गर्न सकिनेछ ।

उक्त डिफेन्डर एपमा कम्पनीले फिशिंग प्रोटेक्सन पनि उपलब्ध गराउनेछ । यसो हुँदा कुनैपनि कम्पनीहरुका कर्मचारीहरुले भुलबस समेत कम्पनीसँग सम्बन्धित युजरनेम तथा पसवार्ड लगायतका जानकारीहरु शेयर गर्न सक्ने छैनन् ।

माइक्रोसफ्टको यो एप निशुल्क हुनेछ वा किन्नु पर्नेछ भन्ने कुरा अझै प्रष्ट छैन । यद्यपि परीक्षणको रुपमा भने निशुल्क उपलब्ध हुने बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment