+
+
Shares

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १० गते ११:४६

१० फागुन, कैलाली । कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते डडेल्धुराको आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका भट्टको कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक नारायण विष्टले जानकारी दिए ।

अर्का घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?