Comments Add Comment

कोरियामा रहेका नेपालीलाई दूतावासको अपिल– विशेष सावधानी अपनाउनू

११ फागुन, काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो ।

विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ ।

चीनको हुवे प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा पनि देखापरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्ममा यहाँका चार सय बढी मानिस संक्रमित बनेका छन् ।

संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझै बढी सजग र सचेत हुन जरुरी छ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीहरूलाई सुझाएको छ । अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले उपचारका लागि अस्पताल जान दूतावासले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment