+
+
Shares

पसलबाट ३० लाख चोरेको आरोपमा कामदार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १८:१४

११ फागुन, काठमाडौं । ललितपुर–४, जावलाखेलमा रहेको पशुपति भिभान्ता नामक जुस स्टोरमा चोरी गरेको आरोपमा सोही पसलमा काम गर्ने कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खगेन्द्रकुमार थापा छन् ।

अनुसन्धानका क्रममा शंकास्पद लागेपछि काठमाडौं–१४, कलंकीस्थित उनको डेरामा खनतलासी लिँदा जस्तामाथि बोराभित्र लुकाएको अवस्थामा २० लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।

साथै, घटनास्थलमा प्रयोग भएको छाता, मोबाइल, ज्याकेट लगायत पनि बरामद भएको ललितपुर प्रहरीले जनाएको छ । यसअघि ९ फागुनमा पसलमा चोरी हुँदा ३० लाख रुपैयाँ र केही जिन्सी धनमाल हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?