Comments Add Comment

टर्की जान खोज्दा ३२ जनाले गुमाए ४० लाख

११ फागुन, काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की र ग्रीस जाने प्रलोभनमा पर्दा ३२ जना ठगिएका छन् । उनीहरुले ३९ लाख ५७ हजार रुपैयाँ पनि गुमाएका छन् ।

कामदार भिसामा आकर्षक तलब सुविधा रहेको बताएर एक जना व्यक्तिले ठगेपछि पीडित महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु पुगेका थिए । प्रहरीले अनुसन्धानपछि मोरङको रतुवामाई–६, बुधबारे घर भई काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमलप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।

उनलाई बिहीबार टेकुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरलाई बताए । थापाका अनुसार पोखरेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment