Comments Add Comment

पेस भएको डेढ वर्षपछि अघि बढ्यो बीमा विधेयक

१२ फागुन, काठमाडौं । संसदमा पेस भएको डेढ वर्षपछि बीमा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक अघि बढेको छ । अर्थ समितिमै थन्किएकाे विधेयक माथि साेमबार छलफल हुने भएको हो ।

समितिले सोमबार विज्ञसहितको टोलीलाई प्रस्तावित बीमा विधेयकमाथिको छलफलमा बोलाएको छ ।

संसद् सचिवालयमा बीमा विधेयक ०७५ असार ३ गते दर्ता भएको थियो । दर्तापछि सांसदहरूलाई वितरण गरेर प्रतिनिधिसभाबाट विधेयक अर्थ समितिमा पठाइयो । अर्थ समितिले ३/४ पटक छलफल गरेर विधेयक थन्काएकाे थियाे ।

यो पनि पढ्नुहोस डेढ वर्षदेखि संसदीय समितिमा थन्कियो बीमा विधेयक

विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति गठन गर्ने उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस बीमा समितिका अध्यक्षको पद धरापमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment