Comments Add Comment

‘पारस’मा बस्यो अनमोलको मन

नायक अनमोल केसी करिब एक बर्षको विश्रामपछि नयाँ चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनको तयारीमा छन् । यो चलचित्रको छायांकन शुक्रबारदेखि सुरु हुने बताइएको छ ।

यो चलचित्रपछि नायक अनमोल केसीले आफ्नै घरको चलचित्र ‘एन्टी हिरो’मा काम गर्ने चर्चा थियो । तर, निर्माता तथा कलाकार भूवन केसीले नयाँ चलचित्रको कथामा ध्यान मोडेपछि ‘एन्टी हिरो’ अझै पछाडि धकेलिने संभावना बढेर गएको छ ।

वुझिएअनुसार, निर्देशक माधव वाग्लेको निर्देशनमा बन्ने चलचित्र ‘पारस’को कथालाई भूवन र अनमोल दुबैले मन पराएका छन् । प्रदिप भारद्धाजको लेखन रहेको यो चलचित्रको अफर अनमोलसम्म पुगेको थियो । नायक अनमोल केसीले कथा मन मराएपनि विविध कारणले उनी चलचित्रमा काम गर्न राजी थिएनन् । तर, नायक भूवन केसी भने यो चलचित्रको कथा छाड्ने पक्षमा थिएनन् ।

यसैले, अहिले भूवन र माधवविच चलचित्र निर्माणको बिषयमा छलफल चलिरहेको छ । नायक अनमोल केसीले चलचित्र साइन गरिसकेको चर्चा पनि चलेको छ । तर, यो बिषयमा अनमोल केसीले भने–‘अहिले हामी यो चलचित्रको बिषयमा छलफलमा नै छौ ।’

चलचित्र ‘पारस’को कथा बुलन्द रहेकाले पनि भूवन र अनमोल दुबैले यो चलचित्रमा काम गर्ने रहर बनाएका हुन् । सबैकुरा मिलेको खण्डमा अनमोललाई पर्दामा ‘पारस’ बनेको दर्शकले हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment