Comments Add Comment

सोनमको आक्रोश–‘मेरो पितामाथि छल भयो’

निर्देशक अली अब्बास जफरले नयाँ चलचित्र ‘मिस्टर इन्डिया’को घोषणा गरे । यो सन् १९८७ मा बनेको चलचित्र ‘मिस्टर इन्डिया’को रिमेक चलचित्र हो ।

तर, चलचित्र ‘मिस्टर इन्डिया’का निर्देशक शेखर कपुरले यो बिषयमा आपत्ती जनाइसकेका छन् । यसैविच, नायिका सोनम कपुरले पनि आफ्ना पिता अनिल कपुरमाथि छल भएको भन्दै आक्रोश पोखेकी छिन् ।

सामाजिक संजालमा उनले लेखेकी छिन्–‘केही मानिसहरुले मलाई मिस्टर इन्डियाको रिमेकको बिषयमा सोधेका छन् । इमान्दारिताका साथ भन्नुपर्दा मलाई र मेरा पिता अनिल कपुरलाई यो बिषयमा केही पनि थाहा छैन । यदि, यो सत्य हो भने यो अपमान र छल हो । किनकी, कसैले पनि मेरो पिता र शेखर अंकलसँग छलफल गर्ने सोच पनि बनाएनन् । यो एउटा यस्तो चलचित्र हो, जसलाई निकै दुख र कडा मिहिनेतका साथ बनाइएको थियो ।’

उनले आफ्ना पिता अनिल कपुरको भावनासँग यो चलचित्र जोडिएको भन्दै लेखेकी छिन्–‘म मान्छु कि कसैको काम र योगदानको सम्मान त्यती नै जरुरी छ जती बक्स अफिस विकेन्डको ।’
निर्देशक अली अब्बासले आफू ‘मिस्टर इन्डिया’को रिमेक बनाउन पाउँदा निकै नै खुशी भएको र चुनौती पनि महशुश गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment