+
+
Shares

‘सेन्टी भाइरस’ हेर्न नेतादेखि कलाकारसम्म हलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते ११:४४

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘सेन्टी भाइरस’को विशेष शो आइतबार बेलुकी काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रले शुक्रबार र शनिबार सुखद व्यापार गरेको थियो । आइतबारदेखि भने चलचित्रको व्यापार कमजोर छ ।

निर्माणपक्षले आइतबार बेलुकी आयोजना गरेको चलचित्रको विशेष शोमा नेतादेखि कलाकारसम्म पुगेका थिए । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, निर्वाचन आयोगका प्रमुख दिनेश थपलियादेखि नायक पल शाह, नायिका पुजा शर्मा, निर्देशक सुदर्शन थापा, कलाकार सन्तोष पन्त चलचित्र हेर्न पुगेका थिए ।

चलचित्र हेरेका अधिकांशले समसामयिक राजनीतिक परिवेशमा चलचित्र बनेको भन्दै प्रशंसा गरे । नेपाली कांग्रेसका प्रवक्ता शर्माले गौतमवुद्ध अन्तरराष्ट्रिय रंगशाला निर्माण सहयोगार्थ भएकाले पनि चलचित्र हेर्न आग्रह गरे ।

नायक पल शाह र नायिका पूजा शर्माले चलचित्रले अहिलेको राजनीतिक परिघटना उठान गरेको भन्दै प्रशंसा गरे ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?