+
+
Shares

आन्दोलनकारीमाथि गोली चलाउनेलाई कारबाही होस् : सांसद स्वार

‘गोली खानेलाई किन तारिख–मुद्दा, गोली हान्नेलाई अहिलेसम्म किन कारबाही गरिएन भन्ने प्रसंग आयो । त्यसमा मेरो पनि समर्थन छ,’ सांसद स्वारले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:००

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

‘गोली खानेलाई किन तारिख–मुद्दा, गोली हान्नेलाई अहिलेसम्म किन कारबाही गरिएन भन्ने प्रसंग आयो । त्यसमा मेरो पनि समर्थन छ,’ सांसद स्वारले भने, ‘यो सरकारले तिनीहरूलाई किन कारबाही गर्न सकेन ? तुरुन्तै यथाशक्य छिटो कराबाही होस् ।’

सांसद स्वारले खाना पकाउने एलपी ग्यासको समस्या समाधान गर्न पनि सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?