+
+
Shares

पर्सामा आगलागी, एक घर र गोठमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १३:२१

१२ फागुन, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिका-५ हरैयामा आगलागी भएको छ । आगलागीबाट एउटा घर र गोठ जलेर क्षति भएको छ ।

आगलागीबाट स्थानीय सुरेन्द्र भण्डारीको घर र अमिना चौधरीको गोठमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ ।

चौधरीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्किएको आगोले उनको गोठसँगै भण्डारीको खपडाको घरसमेत जलेर क्षति पुगेको हो ।

आगलागीबाट अन्नपात, लताकपडा तथा भाँडाकुँडा गरी दुबै जनाको अन्दाजी ३ लाखको क्षति पुगेको अनुमान प्रहरीले गरेको छ ।

सोमबार बिहान ४ बजेको समयमा लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा बिहान साढे ४ बजे नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?