+
+
Shares

साबरमती आश्रममा ट्रम्प : गान्धीलाई भुले, मोदीलाई सम्झिए

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १५:३९
तस्वीर : एएफपी/रासस

१२ फागुन, काठमाडौं । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार दिउँसो अहमदाबादको साबरमती आश्रम पुगे । माहात्मा गान्धीलाई श्रद्धाञ्जली दिइसकेपछि उनले आगन्तुक पुस्तिकामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश लेखे ।

यद्यपि परम्पराअनुसार कुनै प्रसिद्ध व्यक्ति गान्धी आश्रममा आउँदा महात्मा गान्धीको संघर्ष वा उसको व्यक्तित्वको बारेमा आफ्ना विचार लेख्ने गर्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । त्यसपछि उनी अहमदाबादको साबरमती आश्रम पुगेका थिए । आश्रममा उनले चर्खा चलाए र महात्मा गान्धीलाई श्रद्धाञ्जली दिए ।

आश्रम छोड्नु अघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीका लागि आगन्तुक पुस्तिकमा सन्देश लेखे । ट्रम्पले पुस्तिकामा लेखेका छन्, ‘यस अद्भुत यात्राको लागि मेरो महान् मित्र प्रधानमन्त्री मोदीलाई धन्यवाद ।’

यसअघि सन् २००१ मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले महात्मा गान्धीलाई श्रद्धाञ्जली दिएर गान्धीको विचारलाई विश्वको आध्यात्मिक धरोहरको रूपमा वर्णन गरेका थिए ।
२०१८ मा भारतको भ्रमण गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेखेका थिए, ‘मानवताका महान् भविष्यवक्ताहरू मध्ये एक महात्मा गान्धीको स्थलको प्रेरणादायक भ्रमण ।’

सोमबार भारत आइपुगेका ट्रम्पलाई प्रधानमन्त्री मोदीले विमानस्थलमा स्वागत गर्दै अंकमाल गरेका थिए ।

ट्रम्प आफ्नी पत्नी मेलानियाको साथ साबरमती आश्रम पुगेका थिए, त्यहाँ पनि उनलाई प्रधानमन्त्री मोदी आफैले स्वागत गरे । साबरमती आश्रममा ट्रम्पले पत्नी मेलानिया र प्रधानमन्त्री मोदीसँगै महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरे । यहाँ, महात्मा गान्धीको बारेमा जान्नुको अलावा उनले चरखाको बारेमा पनि जानकारी लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?