Comments Add Comment

कतारका राजदूतले भेटे सभामुख सापकोटालाई

१२ फागुन, काठमाडौं । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले ४२ वर्षौंदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै शिष्टाचार भेटले सम्बन्ध थप सुुदृढ हुने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गर्दै सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबल प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे ।

उनले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तनलगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने बताए ।

भेटमा राजदूत युुसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताएका छन् ।

उनले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको उल्लेख गरे ।

राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताए । उनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामीले नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौं,’ राजदूत युुसुुफले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment