+
+
Shares

बुटवलको पाँचवर्षे शैक्षिक योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १७:३७

१२ फागुन, बुटवल । बुटवल उपमहानगरपालिकाले पञ्च वर्षीय शैक्षिक योजना सार्वजनिक गरेको छ ।

पाँच वर्षे शैक्षिक योजना अन्तर्गत सबै सामुदायिक विद्यालयहरुलाई मन्टेश्वरी प्रणालीमा लैजाने र आधारभूत तहको शिक्षा सबैलाई अनिवार्य गरिने छ ।

स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेट्ने योजना रहेको योजना निर्माण कार्यदलका संयोजक छवी नेपालले जानकारी गराए ।

शिक्षालाई सूचना प्रविधि मैत्री र हिंसामुक्त मनाउनका लागि बालबालिकाहरुलाई भयरहित वातावरणमा शिक्षा प्रदान गर्ने योजनालाई अगाडि बढाइएको उनले बताए ।

यसैगरी पञ्चवर्षीय शैक्षिक योजनामा कक्षा ९ देखि कक्षा १२ सम्मको शिक्षालाई प्राविधिक शिक्षाको रुपमा थप व्यवस्थित गरी अगाडि बढाउने, विद्यालय नक्सा तयार गरी अनावश्यक विद्यालयहरुलाई मर्ज गर्ने रहेका छन् ।

नगरभित्र अब अनुमति पाउने विद्यालयहरुमा कक्षा ११ र १२ को अध्यापन दिवा समयमा मात्रै सञ्चालन हुने नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?