+
+
Shares

पश्चिम सेती निर्माणमा दबाब दिन प्रधानमन्त्रीलाई सुदूरपश्चिमबाट १ लाख पत्र बुझाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १७:३५

१२ फागुन कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश बाट १ लाख चिठ्ठी संकलन गरेर बुझाइने भएको छ ।

धनगढीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै पश्चिम सेती निर्माणका लागि दबाब दिन बोलन्या थली धनगढीले १ लाख पत्र संकलन गरेर प्रधानमन्त्री लाई बुझाउने जानकारी गराएको हो ।

पश्चिम सेतीका बारे रचनात्मक विरोध स्वरूप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको ७५० पैसासहित बुझाउने तयारी भएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए ।

विश्व साहित्य सम्मेलनबाटै पत्र संकलन अभियान सुरु गर्ने संयोजक जोशीले बताए । सम्मेलनको क्रममा १४ गते राष्ट्रपति बिध्या देवी भण्डारी धनगढी आउँदै छिन् ।

राष्ट्रपति सहभागी कार्यक्रममार्फत नै प्रधानमन्त्रीको लागि पत्र तयार गर्न आहृवान गरिने जोशीले बताए ।

यस लगत्तै ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने समेत उनले बताए । ‘हामीले पश्चिम सेती बनाउँन निरन्तर दबाब दिँदै आएका छौँ,’ उनले भने, ‘यो पनि दबाबको एउटा चरण हो ।’

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?