+
+
Shares

अनसन तोड्न माडीका वडाध्यक्षलाई नौ राजनीतिक दलको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १७:४५

१२ फागुन, चितवन । निकुञ्ज ऐन संशोधनको माग राखी आमरण अनसनमा बसेका माडी नगरपालिका १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनसन तोड्न चितवनका नौ राजनीतिक दलले आग्रह गरेका छन् ।

जिल्लाका नौ राजनीतिक दलहरुले पौडेलका मागहरुप्रति एकबद्धता जनाउँदै अनसन तोड्न आग्रह गरेका हुन् ।

माडी क्षेत्रका विभिन्न समस्या समाधानको माग गर्दै वडाध्यक्ष पौडेल गत फागुन ७ गतेदेखि अनसनमा छन् । नेकपा, नेपाली कांग्रेस, राप्रपा संयूक्त, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, साझा पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय नागरिक पार्टीले पौडेलका मागहरुप्रति ऐक्यबद्धता जनाउँदै अविलम्व पूरा गर्न माग गरेका छन् ।

उनको जीवन रक्षाका लागि सरकारसँग पनि अनुरोध गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको रोहवरमा जिल्लाका नौ दलहरुको बैठक बसेको थियो ।

पौडेलको स्वास्थ्य अवस्था नाजुग बन्दै गएको चिकित्सकहरुले बताएका छन् । पौडेललाई भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । भरतपुर अस्पतालमा राखिएका पौडेललाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रदेश सभा सांसद विजय सुवेदीले भेट गरेका छन् । उनीहरुले पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदैं अनसन तोड्न आग्रह गरेका थिए ।

यसैबीच, माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले निकुञ्जका कारण माडीका जनताले भोग्दै आएका समस्याको समाधान गर्न सरकारसँग लविङ गरिरहेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसद एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रधानमन्त्रीसँग यस बारेमा गम्भीर छलफल भइरहेको नगर प्रमुख ढकालले बताए ।

‘म आफैं अनसनमा बस्छु भनेर कस्सिएको थिएँ, पूर्व प्रधानमन्त्री र प्रधानमन्त्रीले समस्याको समाधान गर्छु भनेपछि काठमाडौं आएको हो’ नगर प्रमुख ढकालले भने, ‘समस्याको समाधान हुने सरकारबाट नै हो, सरकारले आउनुस् भने बोलाए पछि आएँ, अनसन बस्न आवश्यक ठानिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?