+
+
Shares

कलंकीमा डरलाग्दो दुर्घटना, ब्रेकफेल भएको ट्रकले दर्जन सवारीलाई ठक्कर दियो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते २०:१२

१२ फागुन, काठमाडौं । काठमाडौंको कलंकीमा सोमबार साँझ ठूलो दुर्घटना भएको छ । ब्रेक फेल भएको एउटा ट्रकले १२ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकको ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको थियो । त्यसपछि अनियन्त्रित बनेको ट्रकले ट्याक्सी, कार, जिप, मोटरसाइकलसहित एक दर्जन सवारी साधनलाई ठक्कर दिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

दुर्घटनामा चितवनका ३३ वर्षका सम्शेर गरुङको मृत्यु भएको छ । ट्रक र स्कर्पिओले चेपिएर उनको मृत्यु भएको बताइएको छ ।

८ जना घाइते भएका छन् । उनीहरु मध्ये ७ जनाको शहीद मेमोरियल र एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रक चालक सर्लाही बरहथवाका वीरेन्द्रकुमार शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?