Comments Add Comment

३ कम्पनीका गुणस्तरहीन औषधि बजारमा

बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

१३ फागुन, काठमाडौं । ३ वटा औषधि उत्पादक कम्पनीले बजारमा बिक्रीका निम्ति पठाएका औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि गुणस्तरहीन रहेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले तत्काल त्यस्ता औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको अभिपत्तिकर चूर्ण १०० ग्राम र भास्कर हर्वस्युटिकल्स प्राइभेट लिमिटेड, वीरगञ्जले उत्पादन गरेको ल्याकोफिट वोइल रेगुलेटर १०० ग्राम गुणस्तरहीन भेटिएको हो ।

त्यस्तै, आरोग्य भवन वर्क्स प्राइभेट लिमिटेड, धापासीले उत्पादन गरेको आरोग्य बालबेल चूर्ण १०० ग्राम पनि न्यून गुणस्तरको भएको पाइएको छ ।

विभागका अनुसार, बजार अनुगमनपछि शंका लागेर ती औषधिको नमूना परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीनवटै कम्पनीले औषधिको आवश्यक मापदण्ड पूरा नगरेको खुलेको छ ।

बजारमा पठाइएका औषधि गुणस्तरहीन रहेको पुष्टि भएसँगै विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । औषधि ऐन २०३५ को दफा १४ बमोजिम विभागले बिक्री वितरण रोक्का गरी फिर्ता गर्न निर्देशन दिएको हो । साथै विभागले यी तीनवटै औषधि प्रयोगको सिफारिस नगराउन पनि सम्बन्धित सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment