Comments Add Comment

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा

१३ फागुन, काठमाडौं । लक्ष्मी इन्टरनेशनल प्रालिह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको आयोनिक २०२० लन्च गरेको छ ।

ह्यूण्डाई आयोनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ । यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ ।

आयोनिक मा ३८.३ किलोवाट ईलेक्ट्रीक मोटरको साथ १०० किलोवाटको ब्याट्री पावर छ र यसको अधिकतम स्पीड १६५ किमि प्रतिघण्टा छ, जसले यसलाई बिना झनझट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउँछ र यसको ड्राइभिङ्ग रेन्ज ३११ किमि छ । यो पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बिना आरामले गुड्छ ।

नयाँ आयोनिक २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्रण प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुलपावर प्रदान गर्छ । आयोनिक २०२० को साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन किनकि यसमा एलइडी डीआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रील छ ।

यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर इत्यादि । यसै गरी यी गाडीहरु ७–एयर ब्यागसिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम , ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल , रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरुले भरिपूर्ण छ ।

उच्च प्रभावकारिता र वातावरणमैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले आयोनिक २०२० को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment