+
+
Shares

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

रासस रासस
२०७६ फागुन १३ गते १२:५०

१३ फागुन, दैलेख । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका-१ जिते बजारस्थित कर्णाली नदीमा मंगलबार बिहान जीप खसेको छ ।

दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका-४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

रासकोटबाट जितेगडा यात्रु पुर्‍याएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको हो । यात्रु झारेर ब्याक गर्दा दुर्घटना भएको जीपमा चालक मात्र रहेको डीएसपी ओलियाले बताए ।

नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?