Comments Add Comment

हानबोक : कोरियाली फेसन संस्कृति

कुनै समय प्राचीन पहिरनमा मात्रै सजिने कोरियाली महिलाहरु सन् १९७० तिरको समयदेखि एकाएक पश्चिमेली शैलीका कपडाहरुले बजार खायो । शतकौं अघिदेखि सुरु भएको परम्परागत पोषाकहरु बिस्तारै थन्क्याउन थालियो । त्यो माहोलले २० वर्षभन्दा धेरै बजार खायो । तर, सन् १९९६ देखि मानिसमा पुनर्जागरण छाउन थालेको छ । हरेक महिनाको पहिलो शनिबारलाई हानबोक लगाउने दिनको रुपमा घोषणा गरेर नियमित यसलाई मनाउन थालिएको छ । समग्रमा भन्दा परम्परागत संस्कृति तर्फ फर्किँदैछ, दक्षिण कोरिया पनि ।

पश्चिमी शैलीको पोषाकभन्दा पूर्ण रुपमा भिन्न छ कोरियाली प्राकृतिक पोषाक । यसलाई विभिन्न प्राकृतिक बस्तुहरुद्वारा बनाइएको सर्वप्राचीन एवं सांस्कृतिक महत्व बोकेका पोषाकहरुको रुपमा मान्ने गरिन्छ । हानबोक जाडोको लागि महत्वपूर्ण मानिने कपडा हो । यो पक्षको फेसनसित कुनै सम्बन्ध छैन । तर, शताब्दीयौं अघि यसको प्रयोग गरिँदै आएकोले पनि यो अहिलेसम्म पनि महत्वपूर्ण पोषाकको रुपमा कोरियामा मान्ने गरिएको छ ।

यो कपडा विशेषगरी कोरियाली घोडसवारहरूले चलहल गर्न सहज हुने किसिमको कपडा लगाउन सुरु गर्दा जन्मिएको थियो कपडाको यस्तो शैली । हानबोकको अर्को रोचक पक्ष पनि छ । यो कपडाको प्रतिकात्मक अर्थ विभिन्न रङहरूको प्रयोग देखाउने परम्परागत चलन हो । यी कपडाहरु परम्परागत शासकहरुले प्रयोग गर्ने गर्थे ।

कोरियाली युद्धको समय (सन् १९५०-१९५३) को समयपछि भने कोरियामा आधुनिकीकरण छायो । त्यसको प्रभावका कारण सन् १९७० को दशकसम्ममा आधुनिकीकरणले परम्परागत पोषाकको ठाउँमा पश्चिमेली शैलीका कपडाहरु लोकप्रिय हुन थाले । पुराना कपडाहरु बिस्तारै थन्क्याउन थालियो ।

“हानबोक” (जसलाई ‘जोसेओनोट’ पनि भनिन्छ) परम्परागत कोरियाली कपडाको लागि चिनाउने सामूहिक शब्द हो । यद्यपि यो सामग्रीहरु मनपर्दो रंग, समय र स्थान अनुसार केही फरक नामले पनि चिन्ने गरिन्छ । यो प्राचीन कालदेखिको कपडाको अवशेष हो भन्ने मान्यता छ । समयक्रमसँगै हानबोकमा केही परिवर्तनहरू भएको भएपनि यसको आधारभूत ढाँचा भने १६०० वर्ष पुरानो रहेको मानिन्छ ।

हानबोकलाई औपचारिक र दैनिक पोशाकको रुपमा पनि वर्गीकरण गर्ने गरिएको छ । जसलाई प्रत्येक लिङ्ग, उमेर र ऋतु अनुसार वर्गीकरण गर्ने गरिन्छ । हानबोकहरु सिधा र थोरै घुमाउरो रेखाको रुपमा संयोजन गरिएको सुन्दर वस्तुहरुको संयोगबाट बनेका हुन्छन् ।

विशेषगरी महिलाहरुको लागि बनाइएको हृयानबकको स्वरुपहरु विश्वव्यापी रुपमा मान्यताप्राप्त छन् । जसमा छोटो ज्याकेट र पूरा किसिमको स्कर्ट उनीहरुको सांस्कृतिक पहिरन हो ।

हानबोकका आठ सुन्दरताहरु

हृयान्बकको सुन्दरता यसको रेखाहरूमा देखिएको सुरुचिपूर्ण प्रवाह र यसको मनमोहक रंगिन प्यालेटहरुमा देख्न सकिन्छ । परम्परागत कोरियाली पोषाकका केही विशेषताहरु छन् । त्यसले यी पोषाकहरुलाई विशेष महत्व दिने गर्छ । बिगुलहरू झैं घुमाउरो ज्याकेटको बाहुलाको तल्लो रेखा र त्यस्तै प्रकारको कलात्मक हिसाबले तयार पारिएको स्कर्ट नै कोरियाको रैथाने लवाईको रुपमा मान्ने गरिन्छ ।

परम्परागत कोरियाली सौंदर्यशास्त्रले उल्लेख गरे अनुसार हृयानबकमा विभिन्न ‘आठ प्रकारका सौन्दर्यहरु’ रहेका हुन्छन् । जुन निम्नानुसार छन् ।

संरचनागत सुन्दरता

महिलाहरुको हृयानबुक साना किसिमका ज्याकेटहरुसँगै दुबै बाहुलाहरु पूरा भएको आकारमा बनाउने गरिन्छ । कम्मरभन्दा माथि लगाउने यो पहिरनलाई जिओगोरी पनि भन्ने चलन छ । एक सरल र संरचनात्मक सौन्दर्यले भरिपूर्ण एवं वस्त्रहरुलाई तालमेल गराउने यो कपडा शरीरका चालहरूको समेत पूरक रहेको विश्वास गरिन्छ ।

आकृतिगत सौन्दर्यता

हृयान्बकमा रहेका चमकदार एवं प्राकृतिक स्वरुपले शरीरको मर्यादित चाललाई दर्शाउँछ भन्ने विश्वास छ ।

रचनात्मकताको सौन्दर्य

पश्चिमाहरुको कपडाहरूको विपरित रहेको यो कपडा सिधा रुपमा विभिन्न बनस्पतिको जराहरु माध्यमद्वारा यसको तयार पारिन्छ भने यसले शरीरलाई हलचल गर्न समेत सहज हुने गरी डिजाइन गर्ने गरिएको पाइन्छ । हानबकलाई एउटा चिल्लो कपडालाई एक रेखिय आकारमा तयार पार्ने गरिन्छ । जुन शरीरमा लगाइएपछि आरामदायक र सुन्दर समेत देखिने गर्छ ।

सौहार्दपूर्ण सौन्दर्य

हानबकमा सीधा र घुमाउरो किसिमका लाइनहरुको प्रयोग गर्ने गरिन्छ । यसले अद्वितीय कोरियन सौन्दर्यको आकर्षक प्रतिनिधित्व गर्ने गर्छ । हानबोकको यही सुन्दरता र सामंजस्यतापूर्ण सुन्दरताको विश्वभरी प्रशंसा गर्ने गरिन्छ ।

रंगको सौन्दर्य

हानबोकमा प्रयोग हुने रंगहरू “पाँच रंगको सिद्धान्त”मा आधारित रहेको मान्ने गरिन्छ । जस अनुसार यिन र याङ लगायत पाँचवटा सिद्धान्तहरु छन् । हानबोकमा सामान्यतया प्राकृतिक रूपले हुने रंगहरूको मात्रै प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment