+

विमलको ह्याट्रिकमा मछिन्द्रको सानदार जित

२०७६ फागुन  १३ गते १९:४० २०७६ फागुन १३ गते १९:४०
विमलको ह्याट्रिकमा मछिन्द्रको सानदार जित

विराटनगर । भारतीय क्लव सण्डे एफसी कोलकोत्ताविरुद्ध सानदार जित निकाल्दै मछिन्द्र क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुर्बाेर्ग गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको चौथो क्वाटरफाइनल खेलमा एफसी कोलकोत्तालाई ६–१ गोलले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो ।

धरान रंगशालामा भएको खेलमा मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे । विशाल राईले २ गोल गर्दा रिजेन सुब्बाले एक गोल गरे । कोलकोत्ताका लागि सञ्जीव बौरीले एक गोल गरे ।

विमलले खेलको २० औं मिनेटमा, ८१ औं मिनेटमा र ८७ औं मिनेटमा गोल गरेका थिए । विमल मंगलकबारको खेलमा म्यान अफ द म्याच घोषित भए ।

यस्तै खेलको २९ औं मिनेटमा विशाल राईले गोल गरे । खेलको ४९ औं मिनेटमा रिजेन सुब्बाले गोल गरे ।

यस्तै कोलकोत्ताका लागि सञ्जीव बौरीले ८५ औं मिनेटमा १ गोल गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय