+
+
WC Series
जनकपुर बोल्ट्स 2025
67/6 (11.2)
VS
५२ बलमा ८९ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

नेकपाले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते २०:२९

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले भोलि बुधबार सचिवालयको बैठक बोलाएको छ ।

संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय विवादमा परिरहेका बेला सचिवालयको बैठक बोलाइएको हो । एक नेताकाअनुसार बैठक भोलि ११ बजे बस्नेछ ।

सचिवालयको अघिल्लो बैठकले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न कार्यदल बनाएको थियो ।

तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा दुबैले कार्यदलमा बस्न अस्वीकार गरेका छन् । संयोजक माधवकुमार नेपालले भने यसबारे बोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?